१७ मङ्सिर कपिलवस्तु , नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लाई मातृ शोक परेको छ। महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९६ बर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो । केही हप्ता अगाडी घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेर रगत जमेपछि बयोबृद्ध उमेरका कारण अप्रेसन गर्न नमिलेका कारण औषधी सेवन गरेर घरमा आराम गर्न डाक्टरले सुझाएपछि वहाँलाई चिकित्सकको सल्लाह बमोजिमनै घरमा लगिएको थियो । परिवार, आफन्तजन र पार्टीको सल्लाहमा उहाँको अन्येष्टि गरिने नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले बताए । आमा आशिकादेवीको ३ छोराहरु विप्लव , वीरजंग र जयन्द्र हुन् । जेठो छोरा वीरजंगको गतबर्ष निधन भइसकेको छ ।स्वर्गीय आशिकादेवी चन्दप्रति भृकुटी न्यूज परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाका महासचिव विप्लवलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी