मतगणना गरिसक्दा मन्त्री कार्की उत्तानो पर्ने एमालेको निष्कर्ष,कुसियैतले दिए कडा टक्कर

0

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन्। मन्त्री कार्कीले २६ हजार ५३० मत ल्याउँदा एमालेका जगदिश प्रसाद कुसियैतले २६ हजार १९८ मत प्राप्त गरेका छन्।

सत्ता गठबन्धनका उम्मेदवार कार्की र कुसियैतको ३३२ मतान्तर रहेको छ। अहिले हरिनगर सिकारी टोल र भोक्राहा नरसिंह ८ सोनियाहीको मत गणना जारी रहेको छ। एमालेको पकड छेत्र मानिएका हरिनगर,भोक्राहा लगायत अझै केही स्थानको मतगणना बाँकी रहेकोले पकड छेत्रको गणना सुरुहुँदा स्वतह विजयी बन्ने एमालेको आकलन छ । कुसियत एमालेका लोकप्रिय र पुराना नेता हुन् भने कार्की काङ्ग्रेस नेता एवम वर्तमान परमादेशको गठबन्धन सरकारका मन्त्री रहेका छन् । मत गणना सक्दा कार्की उत्तानो पर्ने एमालेको निष्कर्ष रहेको छ । भिडन्त रोचक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here