प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । गोरखा नगरपालिका–९ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो ।
गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले उम्मेदवार अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेस (बीपी)का एक सय वर्षीय टिकादत्त पोखरेलसहित १२ जना प्रतिनिधिसभा तर्फ उम्मेदवार छन् । सर्वदलीय बैठक बसेर केही बेरअघि बाट मतगणना शुरु भएको हो । गोरखा२ अन्तर्गतको ६ वटा मतपेटिकाको मत गणना सुरु भएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी