३० कार्तिक काठमाडौ , क्रस खुकुरी चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका काठमाडौ २ का स्वतन्त्र उमेद्वार अनुप बोहरा प्रति अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले विशेष चासो ब्यक्त गरेका छन् । झट्ट हेर्दा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट १० वर्षे हिंसात्मक युद्धमा प्रत्यक्ष सामेल महिला नेत्री एवम पूर्व सभामुख ओनसरी घर्ती र एमालेको तर्फबाट मणिराम फुयल बिच प्रमुख प्रतिस्पर्धा रहेको यो निर्वाचन छेत्रमा एकाएक अनुप बोहराको चर्चा चुलिएको छ भने अन्तराष्ट्रिय सञ्चार माध्यम न्युयोर्क टाइम्स , BBC , GNN लगायतका सञ्चार माध्यमहरुले समेत अनुप बोहरा प्रति विशेष चासो पुर्वक हेरिरहेको पाइएको छ। न्युयोर्क टाइम्सको टोलीले बोहरासँग विशेष कुराकानी गर्दै नेपालका राजनीतिक दल ,निर्वाचनको अवस्था र स्वतन्त्रहरुको उपस्थितिबारे जिज्ञासा राख्दै पछिल्लो नेपाली राजनीति र युवाका आकाङ्क्षाहरुबारे पनि छलफल गरेको छ। एकाएक चुलिएको बोहराको चर्चा र स्वतन्त्र प्रतिको जनताको रुझानले काठमाडौ २को निर्वाचन रोचक हुने अनुमान गरिएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी