ठूलो परिणामको नक्कली मतपत्र सहित एक भारतीय पक्राउ

0

१५हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।
मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए।
भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन्।  भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here