“नो नट अगेन” ले पायो वैधानिकता,सर्वोच्चले दियो यस्तो अन्तरिम आदेश

0

२०कार्तिक काठमाडौं ,सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी रिटमा कारबाही अघि नबढाउन निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत आयोगलाई कारण देखाउ आदेश दिएको हो ।

अदातलको आदेशपछि फैसलाको लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
सामाजिक सञ्जालमा ‘नो नट अगेन’ पेज बन्द गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सो निर्णयको विरुद्धमा अधिवक्ता दिनेश त्रिपाठी र अनिल आचार्य सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here