अस्थायी मतदाताको अन्तिम नामावली सार्बजनिक गर्ने तयारी

0

१८कार्तिक काठमाडौ, आफ्नो निर्वाचन छेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी ,कैदीबन्दी र बृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरु र सुरक्षाकर्मीहरुका निम्ति समानुपातिक प्रणाली तर्फ मतदान गर्ने अवसरका लागि आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची प्रकाशनको तयारीमा निर्वाचन आयोग जुटेको छ।

सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली सङ्कलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए।

अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने भएकाले सङ्कलन भएका नामावलीको प्रमाणीकरण भइरहेको छ। हालसम्म एक लाख एक सय ५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here