काठमाडौ २ मा दलभन्दा स्वतन्त्र सक्रिय,हेमबिक्रम पछि अनुपले थाले घरदैलो

0

१२ कार्तिक काठमाडौ,
काठमाडौ निर्वाचन छेत्र नं. २ मा ठूला राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेद्बारहरु सक्रिय देखिएका छन् । बिरासत जस्तै बनेको काठमाडौ दुईबाट माधव नेपाल पछि हटे पछि गठबन्धनको साझा उम्मेद्बारको रुपमा माओबादीले ओनसरी घर्तीलाई उम्मेद्बार बनाएको छ।काठमाडौ २मा एमाले सहित ३१ जना उम्मेद्बार चुनावी मैदानमा छन् । जसमा ११ जनाले स्वतन्त्र उम्मेद्बारी दिएका छन् । तर अहिले नेपाली काङ्ग्रेस बि.पि.को चुनाव चिन्ह करुवा लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेद्बार हेम बिक्रम सिलवाल र क्रस खुकुरी चुनाव चिन्ह लिएर मैदानमा रहेका अर्का स्वतन्त्र उम्मेद्बार अनुप बोहराको मात्र अग्रभागमा चर्चा चुलिएको छ। गठबन्धन देखि एमाले सम्मका कार्यक्रम शून्य प्राय देखिन्छ तर स्वतन्त्र उम्मेद्बार हेमबिक्रम सिलवालले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेकाछन् भने अनुप बोहराले घरदैलो कर्यक्रमलाई तिब्रता दिएका छन् ।काठमाडौका सचेत मतदातामाझ राजनीतिक दलको तर्फबाट राप्रपाकी कुन्ति पोख्रेलले घरदैलो कार्यक्रमलाई तिब्रता दिइरहेकी छन् भने अन्य राजनीतिक दलको प्रचार प्रसार कमजोर देखिएको छ। काठमाडौ महानगरमा स्वतन्त्र मेयर निर्वाचित भएसँगै स्वतन्त्रहरुको आत्मविश्वास बढेको देखिन्छ भने काठमाडौमा दलिय साख क्रमश घट्दै गएको छ। विशेष चासो पूर्वक स्वतन्त्रका कुरा सुनिरहेका र स्वतन्त्र उम्मेद्बारको व्यक्तित्व हेरिरहेका काठमाडौका जनताले यो पटक कस्तो निर्णय लिन्छन् भन्ने जिज्ञासा बिच काठमाडौ २मा भने स्वतन्त्रहरुले नै आफ्नो पक्षमा चुनावी माहोल र जनताको ध्यान आकृष्ट गर्न सफल देखिएका छन्।पटकपटक माधव नेपालबाट धोका पाएका काठमाडौ २का जनता दलको कुरा सुन्ने मुडमा देखिदैनन यस्तो अवस्थामा कुनै दलिय ट्याग नलागेका अनुप बोहराको चुनावी उपस्थिती गठबन्धन र गठबन्धन इतरका दल र उम्मेद्बारहरुलाई फलामको चिउरा बन्ने देखिन्छ भने स्वतन्त्र उम्मेद्बार हेम बिक्रम र अनुपको उपस्थितीले स्वतन्त्रको मत जस्ले जति काटाकाट गरे पनि अन्तत स्वतन्त्र उम्मेद्बारलाई नै फाइदा पुग्ने अनौठो र रोचक संयोग पनि काठमाडौ २मा देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here