आजबाट छटपर्व सुरु, “नहाय-खाय” विधिबाट पुजा आरम्भ

0

मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन-जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय-खाय’ विधिबाट गर्दैछन् । ‘नहाय-खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।
छट पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here