काठमाडौं, कार्तिक ६
निर्वाचन आचार संहिता उल्लंघनबारे आयोगले सोधेको स्पष्टीकरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जवाफ पेश गरेका छन्।
स्पष्टीकरणमा प्रचण्डले पञ्चेबाजा बजेको थाहै नपाएको बताएका छन् भने माधव नेपालले आयोगले फेलापारेको भिडियो प्रमाणलाई नै चुनौती दिदै भिडियोमा देखिएको मान्छे र त्यहाँ बोलिएको आश्वासन फ्रि भिसा र फ्रि टिकटको भाषण आफ्नो नभएको बताएका छन् ।
समाजवादीका अध्यक्ष नेपालले रौतहटमा कोणसभा गरेर पैसाबिना नै टिकट र भिसा भएर विदेश जान सकिने बताएको भिडिओ सार्वजनिक भएको थियो।