शीतल निवासमा पाकिस्तानी राजदूत,राष्ट्रपति भण्डारीसँग बिदाइ भेट

0
  1. राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानी राजदूत सैयद हैदर साहले शिष्टाचार बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएकाे भेटमा उहाँहरुबीच दुई देशबीच कायम रहेको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धबारे चर्चा भएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले राजदूत साहको सफल कार्यकालको निम्ति बधाई दिँदै उहाँको सुखद् भविश्यको कामना गर्नुभएको पाकिस्तानी राजदूतावासले जनाएको छ । साथै राष्ट्रपतिले आगामी दिनमा पनि दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिनुभएको छ ।

प्रत्युत्तरमा राजदूत साहले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोगको निम्ति धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले हिजो उपराष्ट्रपति नन्दबहादुर पुनसँग उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेट गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here