काठमाडौं। युक्रेनको एक रेल स्टेसनमा भएको रुसी आक्रमण परी कम्तिमा २२ सर्वसाधारणको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएका छन्।
राष्ट्र सङ्घीय सुरक्षा परिषदको बैठकलाई भिडियोमार्फतसम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनको पूर्वी सहर च्यापलिनस्थित एक रेल स्टेसनमा भएको रुसी आक्रमणका कारण रेलको डब्बामा आगजनी भएको र बालबालिकासहित २२ सर्वसाधारणको मृत्यु भएको बताए।
युक्रेनको स्वतन्त्रता दिवस र रुसले युक्रेन माथि आक्रमण गरेको ६ महिना पुरा भएको दिन लक्षित गरी भएको रुसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने राष्ट्रपति जेलेन्स्कीको भनाइ छ।
रुसले हाल सम्म आक्रमणको जिम्मा लिएको छैन। अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूले आक्रमणको निन्दा गरेका छन्।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी