गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । आज बिहानदेखि उक्त कार्यालयको वेबसाइट ह्याक भएको विभागका कर्मचारीले जानकारी दिएका छन् ।
योसँगै राष्ट्रिय परिचयपत्रका लागि प्रवाह हुने सम्पूर्ण सेवाहरू ठप्प भएका छन् । ह्याकरले वेबसाइटमा ‘नेपाली फर नेपाल’बाट ह्याकर भएको जनाउ दिएको छ, जसमा ‘राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था’ लेखिएको छ ।
ह्याकरले २४ घण्टाभित्र नागरिक बचाउ माअभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ । उसले विभागको एडमिनमा पहुँच राखेको र सम्पूर्ण डाटामा पहुँच पुर्याएको दाबीसहितको सन्देश छोडेको छ ।


