२४ असार, काठमाडौं । रसुवागढीको भोटे कोशीमा आएको बाढीका कारण भन्सारमा रहेका मालसामानमा क्षति पुगेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले एकीन विवरण आइनसके पनि मालवस्तु र सवारीसाधनमा ठूलो क्षति पुगेको जानकारी दिए ।
उनले भने ‘चीनबाट धेरै सामान आयात हुने मुख्य भन्सार नै रसुवा नाका भएकोले धेरै क्षति पुगेको छ ।’ मितेरी पुललगायत रसुवागढीको भन्सार यार्ड पनि बाढीले बगाएको उनले बताए ।
कति क्षति भयो भन्ने बारे अझै एकीन विवरण नआए पनि ३ प्रहरी जवान र ६ जना चिनियाँ नागरिक सहित १८ जना मानिस बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।