२२ असार,काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो ।
एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान नछोडेकै कारण बैठक स्थगित गर्नु पर्ने स्थिति आएको श्रोतले बतायो । शुक्रबार ३ बजेटका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसद महासचिव डा. भरतराज गौतमले बताए ।