२२ असार ,काठमाडौं। नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको काठमाडौंमा सम्पन्न दुईदिने बृहत अन्तरक्रिया कार्यक्रमलाई नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्बोधन गरेका छन् भने पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन् । आज शुक्रबार सकिएको उक्त भेलामा सहभागी जिल्ला सभापतिहरुले पार्टीको नेतृत्व,बिचार सिद्धान्त र वर्तमान सत्ता समीकरणबारे अनेकौ प्रश्नहरु खुलेर राखेको बताइएको छ ।
सभापतिको भेलालाई सम्बोधन गर्दै गगन थापा र विश्व प्रकाश शर्माले उठेका जिज्ञासाको जवाफ दिएका थिए भने सभापति देउवाको अनुपस्थितिको कारणबारे भने दुबै नेताले अनभिज्ञ रहेको जवाफ दिएको श्रोतले बताएको छ ।
भेलामा देउवामाथि आक्रोश व्यक्त भएपछि गगनले आक्रोश जायज रहेको र अब सहेर नवस्ने जस्तो परिस्थिति झेलेर पनि अगाडी बढ्ने प्रणगर्दै भेलालाई आस्वस्त गरेका थिए। भेला पछि पत्रकारसँग छोटो प्रतिक्रिया दिदै गगनले केन्द्रीय सभापतिकै कारण काङ्ग्रेस क्रमशः फुटतर्फ गएको सङ्केत गरेका छन् ।