१७ पुस,भक्तपुर,विगतमा सरकारले दिएको सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिने भएको छ।
`गोल्डेन हेन्डसेक´ सुविधा लिन नपाएका शिक्षकहरुलाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिन शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असोज १५ गते सम्म अस्थायी रुपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।
शिक्षक सम्बद्ध संघ सङ्गठनहरुले छुटेकाहरुलाई सोहिबमोजिम सुविधा दिन मन्त्रालय र केन्द्रमा आवाज उठाउँदै आएका थिए। शिक्षकहरुको उक्तमाग सम्बोधन गर्दै केन्द्रले सूचना प्रकाशन गरेर सो सुविधा नपाएका शिक्षकलाई निवेदन पेश गर्न अनुरोध गरेको छ । कतिदिन भित्रमा निवेदन पेश गर्ने भन्ने विषयमा केन्द्रले केही खुलाएको छैन।
- प्रदेश
- कर्णाली प्रदेश
- गण्डकी प्रदेश
- प्रदेश १
- मधेस प्रदेश
- लुम्बिनी प्रदेश
- वाग्मती प्रदेश
- शिक्षा
- समाचार
- सुदूरपश्चिम प्रदेश