१८ कात्तिक, काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ ।
जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले भृकुटी न्यूजलाई बताए। अदालतको आदेश बमोजिम उनलाई कारागार चलान गर्ने तयारी थालिएको छ ।