धरान : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार धरान जाने भएका छन् ।
उनी धरान जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा धरान जाने भएका हुन् । प्रचण्डले धरानको सर्दु खोलामा मेयर हर्क साम्पाङले चलाइरहेको बृक्षरोपण र श्रमदान कार्यक्रम अन्तर्गत बृक्षरोपण गर्ने धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले बताए ।
बिहीबार सर्दु खोलामा पुगेका उपमेयर बेघाले शुक्रवार बिहान सर्दु खोलाको पूर्व पट्टी बीपी स्मृति पार्क जाने बाटोको किनारमा बृक्षरोपण गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
मेयर हर्क साम्पाङको आव्हानमा धरानमा हरेक शनिवार बिहान बृक्षरोपण कार्यक्रम हुँदै आएको छ । केही दिन अघि धरानका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघालाई राजधानीमा भेटको क्रममा धरानमा भइरहेको अभियानमा आफू पनि सहभागी हुन इच्छुक रहेको बताएको र सोही अनुसार धरान आउनेक्रममा धरानको सर्दु खोला क्षेत्रमा बृक्षरोपण गर्ने तयारी भएको बताइएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी