१० पुस, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो ।
मुख्य रुपमा बैठकमा सरकारका कामको समीक्षा र पार्टीमा विद्या भण्डारीको सक्रियताको खोजी,केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजनालगायत विषयका एजेण्डामा छलफल हुने तय भएको बुझिएको छ ।