८ असार, काठमाडौँ । सरकारले शुक्रबार भारतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी ( लोदरे) सहित ८ देशका लागि राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका एक जना छन् ।
मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकारलाई राजदूतमा सिफारिस गरेको हो ।
मुसलमान र राजकर्णिकार जसपाबाट तथा पन्त माओवादीबाट सिफारिस भएका हुन् । अन्य ५ जना एमालेको कोटाबाट राजदूतमा सिफारिस भएका एक मन्त्रीले जनाए । हाल ११ मुलुकमा राजदूत खाली छन् ।