डा.सी.के.राउतले गरे शोषण विरुद्ध आन्दोलनको घोषणा

0

१५ जेठ,काठमाडौं। जनमत पार्टीले काठमाडौँको भृकुटीमण्डपमा मंगलबार आमसभाको आयोजना गर्दै आन्दोलनको घोषणा गरेको छ। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आन्दोलनको घोषणा गरेका हुन्। यसलाई उनले ‘नौलो गणतन्त्र आन्दोलन’ नाम दिएका छन्।

देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै डा.राउतले आन्दोलनको घोषणा गरेका हुन्। गणतन्त्रलाई सुधार गर्नकालागि गणतन्त्र दिवसको अवसर पारेर आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ।

घोषणासभामा सहभागी हुन देशका विभिन्न भागबाट सर्वसाधारण काठमाडौं आएका छन्। काठमाडौँको विभिन्न स्थानबाट निस्किएको जनमत पार्टीको र्याली भृकुटीमण्डप पुगेर आमसभामा परिणत भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here