शंकास्पद एवं विवादास्पद सञ्चार उद्यमी सिरोहियालाई पुन: म्याद थपकालागि अदालतमा पेश गरिँदै

0

१४ जेठ, जनकपुरधाम। नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका विवादास्पद व्यवसायी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि सोमबार तेस्रोपटक जिल्ला अदालत, धनुषामा पेश गरिँदैछ।

गत शुक्रवार अदालतले सिरोहियाको मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई दोस्रोपटक ३ दिन थुनामा राख्न अनुमानि दिएको थियो। त्यो समय सकिन लाग्दा आज फेरि सिरोहियालाई अदालतमा म्याद थपका लागि पेश गर्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले दोस्रोपटक दिएको म्याद आज सकिने भएपछि तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गर्न लागेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here