काठमाडौं प्रहरीद्वारा डिल्लीराम खनाल पक्राउ, हिरासतमा राखेर अनुसन्धान हुँदै

0

सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा गम्भीर प्रकृतिको भ्रम फैलाएउने  अन्तरवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्री गाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई मंगलबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खनालले सामाजिक सञ्जाल मार्फत् सहकारी प्रकरणमा फरार जिबि राईकाे हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्ने  अभिव्यक्ति दिएर भ्रम  फैलाएका कारण पक्राउ गरी अनुसन्धान गर्नु पर्ने स्थिति आएको बताए ।

‘नेपाल प्रहरीको वेभसाईडमा साे भिडियो प्राप्त भएपछि परिसरबाट खटिएको प्रहरी टोलीले कानून बमोजिम नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । खनालमाथि थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here