बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग बनाइने

0

काठमाडौं । बालकुमारी घटनाबारे छानबिन गर्नको लागि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।

सोमबार बस्ने मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here