काठमाडौं । प्रहरी कुटाईबाट एक जना स्थानीयको निधन भएपछि धनुषाको हँसपुर–५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।
प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ गरेको छ । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ ।
स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् ।