रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट

0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुदैँछ ।

पहिलो पटक काठमाडौं उपत्यका बाहिर केन्द्रिय समिति र संसदीय समितिको बैठक गर्न लागेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गर्नेछ ।

 

सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका छन् ।

आज देखी सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिबेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका अजेन्डा रहेका छन ।

सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिनेछ ।

उक्त बैठकमा जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here