ओलीको टिप्पणी : प्रेतका नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्किँदैन

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरू चेतना नभएका मुर्खहरू भएको टिप्पणी गरेका छन्।

पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्रेतका नलीाखुट्टाको हड्डी फुकेर राजतन्त्र नफर्किने बताएका हुन्।

‘केही तत्वहरु हेर्दा हेर्दा हेर्दा वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ १५ वर्षअघि नै फ्याँकिइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् ।

राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने मैले भनेँ भने चित्त दुखाउँछन् चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा जन्मिँदै राजा लाटो जन्मिन्छ कि गँजडी, ड्रगिष्ट, लफङ्गा भएर जन्मिन्छ कि जन्मिँदै राजा हुने रु त्यही हुनपर्छ भन्ने रु कठैबरी ।’ उनले भने ।

मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता सिवाय केही नभएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here