तीन दलबीच शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति

0

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफलमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति भएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ बालुवाटार छलफल भएको हो ।

आपसी सहमतिमा नै शान्ति प्रक्रिया टुंग्याउन तयार छौं भन्ने सन्देश दिन मंगलबार सो भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।

भेटपछि प्रधानमन्त्री दाहालले भने, ‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरा हामी एकतावद्ध र प्रतिवद्ध छौँ।’

शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउन सहमति जुटेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here