प्रमुख राजनीतिक दलले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन् ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको उल्लेख गर्दै त्यसको मिलेर प्रतिवाद गर्ने दलहरुले प्रतिवद्धता जनाए।
बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले जीवनभर लडेका नेताहरू व्यवस्थाको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्ध रहेको बताइन् ।
“दलका शीर्ष नेताहरूले लोकतन्त्रको प्रतिबद्ध भएको, यदाकदा छिटफुट पानीका फोकाजस्ता विभिन्न कोणबाट देखा परेका, पर्न खोजका प्रहारको मिलेर प्रतिवाद गर्ने भन्ने सबैको अभिव्यक्तिबाट निष्कर्षमा पुगेका छौँ,” उनले भनिन् ।