आजको मौसम सामान्य रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

0

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ।


यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here