उपाध्यक्षमा डा.केशव पौडेलको उम्मेदवारी दर्ता, विभिन्न देशका प्रतिनिधिद्वारा साथको प्रतिबद्धता

0

गैरआवासीय नेपाली संघका महासचिव डा। केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । आईतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।


उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार र गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताए । उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि प्रतिबद्धता जनाए ।

डा।पौडेलको उम्मेदवारीलाई विभिन्न क्षेत्रबाट सहयोग र समर्थन मिलिरहेको छ । एनआरएनए अमेरिका र आईसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका पौडेललाई उपाध्यक्ष पदमा आफूहरुको साथ र समर्थन रहने अमेरिकाका कृष्णजीवि पन्थले बताए । फ्रान्सकी गीता थापाले बोलीभन्दा व्यवहारिक नतिजामुखी कामका कारण पौडेललाई साथ रहेको बताइन् ।


‘मैले अहिलेसम्म गरेका कामका कारण सबै एनआरएनएहरूले मूल्याङ्कन गर्नुहुन्छ भन्ने लागेको छ । एनसीसी अमेरिकाको दुई कार्यकाल अध्यक्ष हुँदा, आइसीसीको महासचिव हुँदा मैले जे कुरा बोलेको छु, ती कुराहरू अत्यन्त राम्रोसँग कार्यान्वयनको कोसिस गरेको छु । यसमा हाम्रा एनआरएनएहरूले मूल्याकंन गर्नुहुनेछ र त्यो गर्दाखेरी मत दिन नपर्ने केही कारण छ जस्तो मलाई लाग्दैन ।

 

मैले गरेका कामहरू, मैले गरेका कम्पिल्मेन्टहरु, एनआरएनएका क्षेत्रमा गरेका योगदानहरु गुगलनै गरेर हेर्नुभयो भने पनि भेट्नु हुनेछ । त्यसको आधारमा सकारात्मक मूल्याङ्कन गरेर भोट दिनु हुन्छ र मैले जित्छु भन्ने मलाई लाग्छ’, डा .पौडेलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here