कार्कीको पक्षमा ४७ सांसदले गरे प्रदेश प्रमुखको कार्यालय पुगेर सनाखत

0

कोसी प्रदेशमा मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गरेका दुवै दलका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेर सनाखत गरेका छन् ।

काङ्ग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यले कार्कीलाई कोशीको मुख्यमन्त्री बनाउन सनाखत गरेका हुन् ।

 

कोसीका प्रदेश प्रमुख खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए ।

बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।यसैगरी काठमाडौंमा गठबन्धनको निर्णयपछि माओवादी केन्द्रका इन्द्र आङ्वोले पनि दाबी पेस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here