अज्ञात व्यक्तिहरुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलेका छन् ।
राजधानीको कान्तीपथस्थित होटल एलो प्यागोडामा राखेको पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा केहि व्यक्तिहरुको समूहले प्रसाईंलाई कालोमोसो दलेका हुन् ।
प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । उनि पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिँदै चर्चामा आउने गरेका छन् ।