सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता

0

भारतको उत्तर सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता भएका छन् ।

हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर सिक्किमको लाहोनक ताल एकाएक फुट्दा लाचेन उपत्यका नजिक रहेको टिस्टा नदीमा अचानक बाढी आएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here