सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरु

0

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो ।

शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थीव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबार देखी राखिएको थियो । र, हिजो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।

मंगलबार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here