प्रतिनिधिसभा बैठक बस्दै, नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

0

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवाभन्द्र नेम्वाङको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here