नेम्वाङको पार्थिव शरीरलाई शिर्षनेताहरुले दिए अन्तिम श्रद्धाञ्जली

0

। नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलमा राखिएको छ।

एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एव‌ं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित अन्य नेताहरूले श्रद्धाञ्जली दिएका छन्।

इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शिक्षण अस्पतालबाट एमाले मुख्यालय च्यासलमा ल्याइएको हो । नेम्वाङको भोलि (बुधबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here