३५ वर्षीया महिला बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ

0

कञ्चनपुरमा एक ३५ वर्षीया आफ्नै घरमा बलात्कृत भएकी छन्।

घरमै गएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरी रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here