• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
VK
Vrikuti News
बिहिबार, भदौ २५, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनआरएनए कोषाध्यक्षमा यूएईबाट ठाकुर प्रसाद ढुंगानाको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि आइसिसि कोषाध्यक्ष पदका लागि एनआरएनए यूएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक ठाकुर प्रसाद ढुंगानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि ढुंगानाले आइतबार यूएईमा सबै संघ सँस्थाको उपस्थितिमा र जुममार्फत पत्रकार सम्मेलन गरी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए यूएईको अधिबेशन सफलतापुर्वक सम्पन्न गरेका ढुंगानाले आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पुर्याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको बताए ।

एनआरएनए अभियानमा लागेर ‘अतिथि देवो भव’ लगायत अन्य धेरै कार्यक्रममा सक्रिय सहभागी भएका ढुंगानाले आफ्नो कार्य अनुभव समेत प्रस्तुत गरेका छन । उनले भनेका छन –‘एनआरएनए यूएईको अध्यक्ष भएर गरेको काम र आइसीसीसँग नजिक भएर आफुलाई अगाडि बढाइरहँदा सबैको सल्लाह र सुझाव अनुसार आगामी २०२३–२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।’
कोरोना महामारीका बेला श्रमिकहरुसँग नजिक रहेर काम गरेका ढुंगानाले विश्वभरका नेपालीमा आफ्नो सक्रियता देखाइसकेका छन । दुई कार्यकाल आइसिसि सदस्य र एक कार्यकाल एनआरएनए युएईको अध्यक्ष भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना विश्वमा सबै गैरआवासीय नेपाली माझ परिचित छन ।

एनआरएनएको मर्म र विधिविधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको जानकारी दिदै ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएका छन ।

एनआरएनए अभियानमा आम श्रमिकलाई जोड्न वैकल्पिक स्रोत जुटाएर समेट्ने योजना रहेको ढुंगानाको प्रतिवद्धतामा उल्लेख रहेको छ ।

केही दिनमा नै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै विश्वमा रहेका एनआरएनएहरुसँग छलफल तथा भेटघाट गर्न निस्कने ढुंगानाले बताए । आइसिसिमा यूएईको गरिमामय उपस्थितिका लागि उनले सबै गैर आवासीय नेपालीहरुको सहयोगको अपील गरे । ढुंगानाले आफू यस अभियानमा केही लिन नभई दिनको लागी आएकाले विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुलाई आफ्नो अभियानलाई साथ दिन अपिल गरेका छन ।

एनआरएनए आइसिसिको कोषाध्यक्षमा यूएईबाट नै रामेश्वर शाहले यस अगाडिनै जिम्मेवारी निभाई सकेका थिए ।पर्यटन तथा ट्राभल्स क्षेत्रमा व्यवसाय गरिरहेका ढुंगानाको यूएई तथा नेपालका धेरै क्षेत्रमा लगानी गरेका छन ।


उक्त घोषणा सभामा बोल्दै एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका ढुंगानालाई अग्रिम बधाई दिदै सफलताको शुमकामना ब्यक्त गरे । नेपाल पत्रकार महासंघ, यूएई च्याप्टरका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार लक्ष्मण खनालले संचालन गरेको उक्त घोषणा सभामा मध्यपुर्व उपसंयोजक राजु केसी, एनआरएनए आईसिसि सदस्य पुष्कर सापकोटा, सुजन सापकोटा, मणी भुर्तेल, एनसिसि युएईका अध्यक्ष विकास शाही, जनसम्पर्क समिति सभापती भुवानी प्रसाद तिमिल्सिना, जनप्रगतिशिल मञ्च अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्च अध्यक्ष टक बहादुर गुरुङ,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,पत्रकार उमाकान्त पाण्डे लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले सफलताको शुभकामना दिदै विश्वभर रहेका नेपालीलाई सहयोग गरेर विजयी गराउन अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह
एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ३.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • ४.
    कविता: आफ्नै माटोमा

  • ५.
    दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

  • ६.
    ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.