एनआरएनए अध्यक्षमा पुन: रविना थापाको उम्मेदवारी

0

गैर आवासीय नेपाली संघ९एनआरएनए०को आसन्न ११ औँ महाधिवेशनमा हालकी अध्यक्ष रबिना थापाले पुन उम्मेदवारी घोषणा गरेकी छन । आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनमा अध्यक्षका लागि पुनः उम्मेदवारी घोषणा गरेको थापाले बताईन ।
थापाले आफूले सुरु गरेको योजनाहरू पूरा गर्नका लागि पनि अध्यक्षमा आउन चाहेको जनाउदै फेरि पनि अध्यक्ष बनेर आफ्ना बाकी रहेका कार्ययोजनाहरु पुरा गर्ने बताईन । थापाले औपचारिक रूपमा आफ्ना कार्ययोजना र पर्तिबद्दतासहित केही दिनमै उम्मेदवारी घोषणा सार्वजनिक गर्ने बताईन ।
अघिल्लो कार्यकालमा ६ महिना मात्रै अध्यक्ष भएकी थापाले अब अक्टोबरमा हुन लागेको महाधिवेशनमा २ वर्षे पूरा कार्यकालका लागि अध्यक्षका लागि उम्मेदवारी दिने र तेस्को अन्तिम तयारीमा लागेको उनले दावी गरिन ।
एनआरएनएमा अहिले तीन जना अध्यक्ष छन । १८ महिना अघि कार्यकालमा विवाद मिलाउन भन्दै ३ जना अध्यक्ष बन्दा थापा पनि अध्यक्ष बनेकी थिइन ।
सुरुमा कुल आचार्य कार्यकारी अध्यक्ष भएका थिए भने त्यसपछि रविनाले नेतृत्व लिएकी थिइन भने हाल बद्री केसी कार्यकारी अध्यक्ष बनेका छन ।


एक पटकको नेपाली सधैँको नेपाली अभियानलाई अझ सशक्त बनाउन अबको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको जनाउदै थापाले अघिल्लो कार्यकालका पुरा हुन बाँकी योजना कार्यान्वयन गर्न पनि पुन अध्यक्षमा उम्मेदवार दिएको बताईन ।
आफूलाई नेतृत्वमा अघि बढ्न एनआरएनएका अभियन्ता,अग्रज तथा विभिन्न देशबाट गैर आवासीय नेपालीहरुको सुझाव आएकोले उम्मेदवारी दिएको बताइन।
थापाले आफूले सुरुदेखि नै अघि सारेको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने चरणमा पुगेको र आफुसँग अन्य धेरै एजेन्डा रहेकोले त्यही एजेन्डा स्थापित गर्न आफू पुन अध्यक्ष बन्न लागेको बताईन ।
उनले विभिन्न ठुला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर अगाडी बढ्ने बताइन ।

गैर आवासीय नागरिकताको व्यवस्था पछि मताधिकारसहित अरू अधिकारका लागि पनि आफूले पहल गर्ने थापाले बताइन । अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले आफूलाई बिश्वमा रहेका गैर आवासीय नेपालीहरुको ठुलो समर्थन मिलेको जनाऊदै सँस्थालाई राजनितीभन्दा माथी उठाएर अगाडी बढ्नुपर्ने बताईन । रबिना यसअघिको कार्यकालमा निर्वाचित उपाध्यक्ष समेत रहिसकेकी थिईन ।
संघको स्थापनाकाल देखि सक्रिय थापाले संघको विभिन्न निकायमा रहेर काम गरिसकेकी छन ।


सरकारले नागरिकता ऐन संशोधन गर्दै विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ । संशोधित ऐन अनुसार गृह मन्त्रालयले नयाँ नियमावली तयार गरेर कानुन मन्त्रालयमा पठाउन लागेको जनाएको छ ।
नागरिकता नियमावलीमा गैर आवासीय नेपाली नागरिकता लिन अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको छ ।
थापाले हालका उम्मेदवारहरुमध्य आफु अग्र स्थानमा रहेको जनाउदै आफुलाई समर्थन गर्न विश्वमा रहेका सबै गैर आवासीय नेपाली र अभियन्ताहरुलाई आग्रह गरिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here