काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षमा राजभण्डारी नियुक्त

0

काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा सुमननरसिंह राजभण्डारी नियुक्त भएका छन्।

बिहीबार बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१औं बैठकले राजभण्डारीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

पूर्वउपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त रहेकोमा काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम रिक्त उपाध्यक्ष पदमा राजभण्डारीलाई नियुक्त गरिएको हो।

राजभण्डारीले इटालीको वासिलीकाटा मटेरा विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here