विश्व बैकबाट दुई अर्ब ६२ करोड ऋण प्राप्त गर्न सरकारद्वारा वार्ता टोली गठन

0

सरकारले २ अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा २० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताइन्।

अर्थमन्त्रालयको प्रस्तावमा खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोको लागि विश्व बैकबाट २० मिलियन अमेरिकी डलर करिब २ अर्ब ६२ करोड बराबरको अनुदान साहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले जनाएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here