सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छ : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन्।


वाम बुद्धिजीवि माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ। यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ।’


प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा आम जनताबाट दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता प्राप्प भएको उल्लेख गरे। उनले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here