कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापतिले जवाफ दिने

0

नेपाली कांग्रेस केन्द्रिय समिति बैठक बस्दैछ ।

सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह  ४ बजे बोलाईएको छ ।

गत साउन २ गते देखी जारी बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसके पछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए ।

जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रिय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here