प्रचण्ड सरकारले इतिहासमा कहिल्यै कसैले गर्न नसकेको काम गरेको छ – डा.दीक्षित

0

२१ असार, काठमाडौं।  नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले vrikuti online tv को एक अन्तरवार्तामा बोल्दै  भ्रष्टाचार विरुद्ध प्रचण्ड नेतृत्वको सरकारले इतिहासमा कहिल्यै कसैले गर्न नसकेको काम गरेको बताएका छन् ।
हाइप्रोफाइल भ्रष्टहरु जेल गएको प्रसङ्ग उल्लेख गर्दै डा.दीक्षितले सरकारको यो कदमलाई इस्टनबाजी भन्नु अन्याय हुने भन्दै यो सरकारलाई खबरदारी सहितको समर्थन गर्नु पर्ने बताएका छन् ।

गृहमन्त्री र प्रधानमन्त्रीको भूमिकालाई एउटै आँखाले हेर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री भन्दा गृहमन्त्रीको भूमिका यो सफलतामा पृथक र महत्वपूर्ण रहेको बताएका छन् । प्रचण्ड भरोसा योग्य मान्छे नभएको भन्दै उनले बलियो नागरिक खवरदारी आवस्यक रहेको बताएका छन् ।
भ्रष्टाचार विरुद्ध सदन भित्र रवि लामिछाने ,सिके राउत जस्ता नयाँ राजनीतिक पार्टी र नेताले सरकारलाई उपयुक्त साथ र उर्जा प्रदान गर्न नसक्नु दु:खद रहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here