चीन र रुसको सेनाले बनायो संयुक्त योजना,चीनको रक्षा मन्त्रालयले दियो यस्तो जानकारी

0

२६ जेठ,काठमाडौं। चीन र रुसले संयुक्त सैन्य अभ्यासको योजना  बनाएका छन । दुबै पक्षका शीर्ष सेना प्रमुखहरूको  शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको चीनको रक्षा मन्त्रालयले जनाएको छ।

चीनको केन्द्रीय सैन्य आयोगको संयुक्त कर्मचारी विभागका प्रमुखले रुसी सशस्त्र सेनाका प्रमुख भ्यालेरी गेरासिमोभसँग बैठक गरेका छन्।

“दुई राष्ट्र प्रमुखको सहमतिलाई कार्यान्वयन गर्न र दुई सेनाबीचको सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गर्न भेटवार्ता भएको हो” चीनको रक्षा मन्त्रालयले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here