६ जेष्ठ,काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी एमसीसी परियोजनाका क्षेत्रीय ‘डेपुटी भाइस प्रेसिडेन्ट’ जोनाथन ब्रुक्सबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सलाई आफ्नो कार्यालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालले अमेरिकासँगको सम्बन्धलाई सधै प्राथमिकता दिएको बताउदै नेपालको विकासमा अमेरिकाले पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरेका छन् । एमसीसी परियोजनाको प्रगति विवरण माग्न आएका ब्रुक्सलाई मन्त्री श्रेष्ठले एमसीसी संसदबाटै पास भइसकेकोले हुबहु कार्वान्ययन भइरहेको र उक्तपरियोजना कार्वान्ययन गर्न आफू लागिरपरिरहेको बताएका छन् ।