३ फागुन,काठमाडौं, क्यानडाको ओन्टारियो राज्यमा रहेको हिन्दु मन्दिरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी नारा लेखिएपछि भारतीय कुटनीतिज्ञहरु क्रुद्ध भएका छन् । ओन्टारियोको राम मन्दिरमा मोदीलाई आतंकारी घोषणा गरदेखि हिन्दुस्तान मुर्दावादको नारा लेखिएको थियो ।
पछिल्लो समयमा बीबीसी डकुमेन्ट्री बनेपछि यस्तो लेख व्यापक भएको रुसी मिडिया आरटीले उल्लेख गरेको छ ।
हिन्दु मन्दिरमा मोदी र भारत विरोधी नारा पोत्नुका अतिरिक्त क्यानडाका सिख समुदायले पञ्जाव प्रान्त स्वतन्त्र देश हुनुपर्ने बारेमा जनमत संग्रहसमेत गरेका थिए । यो मुद्धामा पनि भारत क्यानडासँग बिच्किएको छ ।