२३ माघ,काठमाडौ ,प्रधानमन्त्री पुष्पकमल दाहाल
‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरवारमा आज उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले बताएका छन् ।
२६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग सशंकित छन्। उक्त आसङ्का कम गर्न प्रचण्डले भेटवार्ताको चाँजो मिलाएको श्रोतले बताएको छ।
१० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ। तर कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन्। यसबीचमा कांग्रेसले पनि राष्ट्रपति आफूहरूले भनेकै व्यक्ति बन्ने दाबी गर्दै आएको छ ।
भेटमा प्रचण्डले रास्वपा,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले असन्तुष्टि व्यक्त गरे आन्दोलनमा जानसक्ने र त्यसको खतराको सामना गर्न पनि ठूलादलहरु बिच आधारभूत समझदारी,सहकार्य र गठबन्धन आवस्यक रहेको उल्लेख गर्दै घुमाउरो पारामा काङ्ग्रेसलाई राष्ट्रपति दिएर बाताबरण मिलाउनु पर्ने कुरा उल्लेख गरेको जनाइएको छ । प्रचण्डको एकोहोरो कुरा सुनेका ओलीले आन्दोलनको त्रास देखाएर गठबन्धनलाई धोका दिने खेल नगर्न र साना दलहरूलाई गैरजिम्मेवार व्याख्या नगर्न भन्दै देउवालाई पछि हटेर सहयोग गर्न आग्रह गर्दै कड्किएर ओली हिडेको श्रोतले बताइएको छ ।